Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी धनवृद्धि योजनामा आजदेखि आवेदन दिन सकिने, कस्तो छ प्रतिफलको प्रक्षेपण ?

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, ०५ : ३४ मा प्रकाशित

कुमारी धनवृद्धि योजनामा आजदेखि आवेदन दिन सकिने, कस्तो छ प्रतिफलको प्रक्षेपण ?

कुमारी क्यापिटल लिमिटेडले निष्काशन गरेको कुमारी धनवृद्धि योजनामा आज विहिबारदेखि आवेदन दिन सकिने छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको क्यापिटलले जनाएको छ। 

योजनाले लगानीकर्ताहरुलाई बार्षिक २२ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने प्रक्षेपण गरेको छ । 

कति दिने आवेदन ?

यस फण्डमा लगानीकर्ताले न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटाेमा जेठ १७ सम्म र उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेठ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

अवधि ? प्रकार 
१० वर्ष / बन्दमुखी योजना 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको