नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगती फण्डले लाभांश पठाउन थालेको छ ।
एनआईबिएल क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट एनआईबिएल प्रगती फण्डका इकाईधनीहरूलाई करसहित ४.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
सोही लाभांश आईबारदेखि इकाइधनीको खातामा पठाउन थालेको हो । इकाइ धितो राखेर कर्जा लिएका इकाइधनीले भने बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र बुझाएपछि मात्रै उक्त लाभांश पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस