Like us!
Follow us!
Connect us!
Watch us!

२२ कराेड ३२ लाख मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, ११ : ५४ मा प्रकाशित

२२ कराेड ३२ लाख मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक लिमिटेडले २२ कराेड ३२ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १७ कराेड ८७ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ३४ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ कराेड ११ लाख रुपैयाँ गरी कूल २२ कराेड ३२ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले जेठ २० गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

628f1a524b666.jpg 628f1a56d3bfd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको