Like us!
Follow us!
Connect us!
Watch us!

र्‍यापपर र मिस नेवाको नेतृत्वमा महानगर: काठमाडौं प्रमुखमा वालेन्द्र र उपप्रमुखमा सुनिता विजयी

पत्रपत्रिका

शुक्रबार, १३ जेठ २०७९, ०५ : २५ मा प्रकाशित

र्‍यापपर र मिस नेवाको नेतृत्वमा महानगर: काठमाडौं प्रमुखमा वालेन्द्र र उपप्रमुखमा सुनिता विजयी

काठमाडौं महानगरपालिकाको प्रमुखमा “लौरो” निर्वाचन चिह्न भएका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह भारी मतसहित विजयी हुनुभएको छ । उहाँले ६१ हजार‍ ७६७  मत ल्याउनुभयो । काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार बालेनका प्रतिस्पर्धी  नेपाली कांग्रेसका सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा (एमाले) का केशव स्थापितले भने ३८ हजार ११७  मत प्राप्त गर्नुभयो ।

महानगर उपप्रमुखमा एमालेकी सुनिता डंगोल पनि फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।  डंगोल  ६८ हजार ६१२   मतसहित विजयी हुनुभएको हो ।  गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी)  उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०५ मत ल्याउनुभएको छ ।

को हुन् वालेन्द्र साह ?

काठमाडौं महानगर प्रमुखमा नवनिर्वाचित वालेन्द्र साहको जन्म सन् १९९० मा भएको हो । विभिन्न गीत लेखन, गायन, निदेशन र र्‍याप गीतमार्फत् युवा पुस्तामा अधिक रुचाइएको साहको जीतले राष्ट्रिय राजनीतिमा नै तरंग पैदा गरेको छ ।

पुर्ख्यौली घर महोत्तरी जिल्लामा हो । साहकी आमाको नाम कुवदेवी साह र बुवाको नाम रामनारायण साह हो । साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नाकोत्तरको शिक्षा हासिल गर्नुभएको छ । 

देशैभरका सक्षम नेता एवम् व्यक्तिसँग सहकार्य गर्दै काठमाडौं महानगरको मुहार फेर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ । 

उपप्रमुख सुनिता डंगोल

काठमाडौं महानगरको नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले यसअघि पनि कला, संस्कृति संरक्षण एवम् सम्बर्द्धनमा उहाँको छुट्टै पहिचान छ । वैशख ३० गते सम्पन्न स्थानीय निर्वाचनको केही समयअघि मात्रै उहाँ एमाले प्रवेश गरेर उपप्रमुखको उम्मेदवार बन्नुभएको थियो । सन् २०११ को मिस नेवा नामक सौन्दर्य प्रतियोगितामा उहाँ विजयी  हुनुहुभएको थियो । 

यसैगरी, नेपाल भाषाको रञ्जना लिपी प्रवर्द्धनमा पनि उहाँले महत्वपूर्ण योगदान रहेको छ  । काठमाडौं महानगरको सम्पदा संरक्षण, पर्यावरणीय र पूर्वाधार विकासमा उहाँले प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको