Like us!
Follow us!
Connect us!
Watch us!

जेठ २३ गतेदेखि आईपीओ निष्काशन गर्दै श्वेत-गंगा हाइड्रोपावर, कसले दिने आवेदन ?

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, ०७ : ०९ मा प्रकाशित

जेठ २३ गतेदेखि आईपीओ निष्काशन गर्दै श्वेत-गंगा हाइड्रोपावर, कसले दिने आवेदन ?

श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखबाट आयोजना प्रभावित स्थानियका लागि छुट्ट्याएको २५ प्रतिशत मध्य ९० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका १५ लाख ९३ हजार कित्ता साधारण सेयर मध्य आयोजना प्रभावित क्षेत्र आयोजनाका सरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा पा को बड़ा न २,३ र ४ तथा ओखलढुंगा जिल्लाको लिखु गा.पा को बड़ा न ४, ५,६,७,८ र ९ लाई जम्मा निष्काशन गरिने शेयरको ३० प्रतिशतले हुने ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछापको लिखु तामाकोशी गा पा को वडा न.५,६ र ७ र मन्थली न.पाको वडा न ११, १२ र १३ तथा रामेछाप न.पाको बडा न. १र ३ लाई जम्मा निष्काशन गरिने सेयरको २५ प्रतिशतले हुने अर्थात ३ लाख ९८ हजार २५० कित्ता र बाँकी ५ प्रतिशत अर्था ७९ हजार ६५० कित्ता सेयर ओखलढुंगाको लिखु गापाको वडा नं. १,२ र ३ क्षेत्रका स्थानीय वासिन्दाहरुलाई निष्काशन गरिएको स्थानिय बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो । साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिने छ । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । 

कम्पनीले प्रकाशन गरेको विवरणपत्रः

6292cbacc901c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको