Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको चुनाव मोह : तिलक कोइराला पनि चुनाव लड्ने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, ११ : १४ मा प्रकाशित

लगानीकर्ताको चुनाव मोह : तिलक कोइराला पनि चुनाव लड्ने

नेपाल पुँजी बजार विकास अभियानका संयोजक तिलक कोइराला पनि चुनाव लड्ने भएका छन् । लामाे समयदेखि पूँजी बजारमा संलग्न उनी पूँजी बजार विराेधी र लगानीकर्ताहरूकाे हक हितका लागि विभिन्न आन्दोलनहरूमा पनि सक्रिय थिए । अब भने उनी चुनाव लड्ने भएका हुन् । 

उनले सामाजिक सञ्जालमा एक स्टाटस सार्वजनिक गर्दै आफू चुनाव लड्न लागेको जानकारी दिएका छन् । उनले लेखेका छन्, "प्रदेश खारेजी र चितवनलाई हिउँदे राजधानी बनाउने मुख्य नारासहित आगामी चुनावमा चितवन - १ बाट सांसद उम्मेदवार उठ्ने निधो गरियो।"

यसअघि सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरी ढकालले पनि चुनावमा लड्ने घाेषणा गरिसकेका छन् । उनले आगामी संघीय निर्वाचनमा चितवन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने घाेषणा गरेका हुन् ।

पछिल्लाे समय राजनीतिमा सक्रिय रही देशकाे नेतृत्व गर्ने व्यक्तिहरूले नै पूँजी बजारलाई नबुझी यस विषयमा अनेकाैँ अभिव्यक्ति दिएर समग्र लगानीकर्ताहरूकाे सम्पत्ति जाेखिममा पारिरहेका छन् । यस्ताे अवस्थामा आम लगानीकर्ताहरूले पूँजी बजार विराेधीका विराेधमा अनेकौँ अवाज उठाइरहेका थिए । हालै सम्पन्न भएको स्थानिय निर्वाचनमा पनि काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले सेयर लगानीकर्ताहरूको ठूलो सपोर्ट पाएका थिए । स्वतन्त्र व्यक्तिलाई सपोर्ट गर्नु नै पूँजी बजार विरोधीलाई भोट नदिनु रहेको उनीहरूको तर्क थियो । 

अहिलेकाे स्थानिय चुनावमा स्वतन्त्र उम्मेद्वारलाई सर्पोट गरिरहेका लगानीकर्ताहरू आगामी चुनावमा भने देशका लागि आफै लड्न इच्छुक देखिएका छन् ।

 

629307c55a861.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको