Like us!
Follow us!
Connect us!
Watch us!

तारा एअर : अहिलेसम्मकाे प्रमाणित घटनाक्रम

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १३ : ५८ मा प्रकाशित

तारा एअर : अहिलेसम्मकाे प्रमाणित घटनाक्रम

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ । पोखरा विमानस्थलबाट ९ः५५ मा उडी ०:१५ मा अवतरण गर्नुपर्ने तारा एयरको ९ एनएईटी टि्वनअटर बिमान १९ जना यात्रुसहित बेपत्ता भएकाे थियाे । मौसममा देखिएको कठिनाईका कारण उद्धार कार्य असहज भएको छ। 

- विमान बिहान तारा एयरको विमान ९:५५ मा प्रस्थान गरेको थियो। 

- विमानमा चालक दलका ३ सदस्य सहित १९ जना यात्रु सवार थिए।

- मुस्ताङको आकाशमा पुगेपछि अन्तिमपटक १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

- उद्धारका लागि नेपाली सेनाको जहाज र अन्य निजी जहाज प्रस्थान गरेका थिए। मौसमको असहजता का कारण उद्धार कार्यमा कठिनाई भएता पनि उद्धार कार्य जारी छ। 

- विमानमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर सवार थिए।

- विमानको उद्धारकार्य मा  नेपाली सेनाको पैदल टोली लागि रहेको छ। 

- हालसम्म दुर्घटना भई सकेको आधिकारिक जनाकारी प्राप्त भएको छैन। अन्य उद्धारको जानकारी आउन बाँकी।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको