Like us!
Follow us!
Connect us!
Watch us!

तारा एअर अपडेट : पाइलटकाे फाेन लाग्याे

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १४ : ४३ मा प्रकाशित

तारा एअर अपडेट : पाइलटकाे फाेन लाग्याे

तारा एअरको दुर्घटनामा परेको जहाज खोजी कार्य जारी छ । मौसममा देखिएको कठिनाईका कारण उद्धार कार्य असहज भएको छ। क्याप्टेन प्रभाकर घिमिरेको फोनमा घण्टी गइरहेकाे छ । 

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ । पोखरा विमानस्थलबाट ९ः५५ मा उडी ०:१५ मा अवतरण गर्नुपर्ने तारा एयरको ९ एनएईटी टि्वनअटर बिमान १९ जना यात्रुसहित बेपत्ता भएकाे थियाे ।मुस्ताङको आकाशमा पुगेपछि अन्तिमपटक १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो। 

विमानमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर सवार थिए।

यसअघि मुस्ताङको लेतेका स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि तारा एयरकाे बिमान मुस्ताङको लेते भन्ने डाँडामा दुर्घटना ग्रस्त भएको आशंका गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको