Like us!
Follow us!
Connect us!
Watch us!

दुर्घटनाबारे बाेल्दै तारा एअरले निकाल्याे प्रेस विज्ञप्ति

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १४ : ०७ मा प्रकाशित

दुर्घटनाबारे बाेल्दै तारा एअरले निकाल्याे प्रेस विज्ञप्ति

तारा एअरको दुर्घटनामा परेको जहाज खोजी कार्य जारी छ । दुर्घटनाबारे बाेल्दै तारा एअरले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ । 

विज्ञप्ति हेर्नुहाेस् :

"आज मिति २०७९ जेठ १५ गते तदनुसार २९ मे २०२२ आइतबारका दिन बिहान पोखराबाट जोमसोमको लागि ९:५५ बजे उडेको तारा एअरको 9N-AET, DHC-6 TWIN OTTER वायुयान सम्पर्क विहीन भएको जानकारी गराउँदछौ । वायुयानमा चालक दलका ३ सदस्य र १९ जना यात्रुहरु सहित २२ जना रहेका छन् । यात्रुहरुमा १२ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक रहेका छन् ।

तारा एयर : अहिलेसम्मकाे प्रमाणित घटनाक्रम

विमान अन्तिम पटक जोमसोम टावरसँग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् सम्पर्क विहीन भएकोले सो विमानको खोजतलासका लागि जोमसोमबाट हेलिकप्टर पठाइएको तर प्रतिकूल मौसमको कारण उक्त हेलिकप्टर पुन जोमसोम नै फर्किएको छ । खोजी तथा उद्दार कार्यको लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु Stand By रहेको र मौसम सुधार हुनासाथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गरिनेछ । नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरी सकेको व्यहोरा जानकारी गराउँदछौ । थप सूचना अर्को प्रेस विज्ञप्ती मार्फत जानकारी गराउनेछौँ ।"

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको