मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ ।
सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।
संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो । सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेको छ ।
बजेटमार्फत आयकरको विद्यमान सीमा बढाउने तथा कर्मचारीको तलब बढाउने तयारी पनि भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस