Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार खुल्यो, खुल्ने बितिकै नेगेटिभ सर्किट

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, ११ : ५१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार खुल्यो, खुल्ने बितिकै नेगेटिभ सर्किट

अन्तत: लामाे समयदेखि राेक्का रहेकाे नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार खुलेको छ।  कारोबार खुल्ने बितिकै कम्पनीको नेगेटिभ सर्किट लागेको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम गत वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे थियाे ।

पछि यी २ बैंककाे मर्जर प्रक्रिया टुट्याे । तर पनि काराेबार भने खुल्ला गरिएकाे थिएन । हिमालयन बैंक लिमिटेडकाे पौष ३० गते, शुक्रबार बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा भएकाे उनन्तीसाैँ वार्षिक साधारण सभाले मर्जरकाे विशेष प्रस्ताव अस्विकृत गरेकाे थियाे । सभामा शेयरधनीहरूबीच मर्जरका विषयमा विवाद भएपछि मर्जरकाे प्रस्ताव अस्विकृत गरिएकाे थियाे । 

मर्जर प्रकृया भाँडिएसँगै यी दुई बैंककाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूले मर्जर टुटेर लामाे समयसम्म काराेबार राेक्का हुँदा यसकाे प्रत्यक्ष घाटा लगानीकर्ताहरूलाई हुने भन्दै विभिन्न माध्यमबाट बारम्बार विराेध गर्दै आइरहेका थिए ।

अहिले मेगा बैंक संग मर्जरको हल्लाका कारण फेरि सेयर कारोबार रोक्का हुन् सक्ने भयमा लगानीकर्ताले यस कम्पनीको सेयर फालेको देखिन्छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको