Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठक : फोहोरमैला व्यवस्थापन कार्यदल गठन

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, ०७ : २७ मा प्रकाशित

काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठक : फोहोरमैला व्यवस्थापन कार्यदल गठन

काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोरमैला व्यवस्थापन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । बैठकले महानगर प्रमुख वालेन्द्र साहको संयोजकत्वमा सात सदस्यीय फोहोरमैला व्यवस्थापन कार्यदल गठन गरेको छ । कार्यदलको बैठक मङ्गलबार बस्ने छ ।

कार्यदलका सदस्यहरुमा (एमाले) का तर्फबाट उपप्रमुख सनिता डंगोलसहित थप एकजना, नेपाली कांग्रेसका तर्फबाट दुई सदस्य, नेकपा (एकीकृत समाजवादी) का सदस्य एक र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ ।

सार्वजनिक शौचालयका लागि रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गर्ने निर्णय गरिएको छ । महानगरको गुनासो सम्बोधन गर्न सात दिनभित्र कल सेन्टर स्थापना गर्ने र सोहीमार्फत हप्ताको दुई पटक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको