Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पेकाे “रिफर एन्ड अर्न“ अफर, बोनस पाइने

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, १६ : ४५ मा प्रकाशित

आइएमई पेकाे “रिफर एन्ड अर्न“ अफर, बोनस पाइने

आइएमई पेले प्रयोगकर्ता माझ “रिफर एन्ड अर्न” अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथी–भाइ माझ शेयर गर्नुपर्छ । प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी KYC रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ आफ्नो आइएमई पे वालेटमा पाइनेछ ।

प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ । प्रयोगकर्ताहरुले आफ्नो आइएमई पे एपको “रिफर फ्रेन्ड“ भागबाट वा https://app.imepay.com.np/links/invite बाट रिफर कोड प्राप्त गर्न सकिनेछ ।  

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने बताएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको