Like us!
Follow us!
Connect us!
Watch us!

बालेनसंगको भेटपछि देउवाले भने-‘तपाई ले चमत्कार गर्नुभयो, ५ वर्ष हाम्रो पूर्ण समर्थन हुनेछ’

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, ०६ : ४१ मा प्रकाशित

बालेनसंगको भेटपछि देउवाले भने-‘तपाई ले चमत्कार गर्नुभयो, ५ वर्ष हाम्रो पूर्ण समर्थन हुनेछ’

काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रमुख साहले प्रधानमन्त्री देउवालाई भेटेका हुन्।

भेटमा देउवाले साहको विजयले आफू खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए।

देउवाले भने, ‘तपाईँ ले चमत्कार गर्नुभयो म खुसी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ। मलाई २४ सै घण्टा सम्झन सक्नुहुनेछ। महानगरको कार्यपालिकामा नि कांग्रेसको बहुमत छ बिकासको काममा सहयोग हुनेछ।’

प्रधानमन्त्रीले बालेनलाई फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउन र केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबैबाट सहयोग हुने पनि बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको