Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाईफद्वारा मृत्यु दावी भुक्तानी

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, १२ : ४७ मा प्रकाशित

सन नेपाल लाईफद्वारा मृत्यु दावी भुक्तानी

सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं. १४ निवासी रुद्रमणी गौतमको परिवारलाई ९५ हजार रुपैयाँ बराबरकाे मृत्यु दावी भुक्तानी गरेको हो ।

सन नेपाल लाईफ ईन्स्योरेन्सका बिमित नाबालक रुद्रमणी गौतमको प्रस्तावक तथा आमा चन्दा गुरुङ्ग गौतमको Alcoholic Hepatitis Decompensated को कारणबाट मृत्यु भएको हुँदा निज प्रस्तावकको मृत्यु दावीको मासिक आय सुविधा (MIB) बापतको रकम ७० हजार रूपैयाँ र किरिया खर्च बापतको रकम २५ हजार रूपैयाँ गरी जम्मा ९५ हजार रुपैयाँ निज बिमितको संरक्षक तथा हजुरबुबा भविश्वर गौतमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको उपस्थितिमा हस्तान्तरण गरिएको हाे ।

यस पश्चात् मासिक रुपमा बीमाङ्कको २ प्रतिशतका दरले हुन आउने रकम बिमितको उमेर १६ वर्ष हुन्जेलसम्म कम्पनीले भुक्तानी गर्नेछ भने बिमितले वार्षिक रुपमा बुझाउनु पर्ने बीमाशुल्क बापतको रकम पनि कम्पनीले छुट दिनेछ । 

निजले सन नेपाल लाईफ गुल्मी शाखामा चार वर्षअघि एक लाख रूपैयाँ बिमांकको बाल सावधिक जीवन बीमा पोलिसी गरेका थिए । कृषि कर्म गर्दै आइरहेकी गौतमको उपचारको क्रममा मृत्यु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको