Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफद्वारा MDRT का बिजेता अभिकर्ताहरुलाई सम्मान

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, १४ : ५५ मा प्रकाशित

नेशनल लाईफद्वारा MDRT का बिजेता अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले MDRT का बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

विर्तामोड झापाको Hotel Kingsbury मा जेठ २१ गते सम्पन्न गरिएको MDRT सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका थिए ।

भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईज्यूले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई MDRT/COT/TOT जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।

अमेरिकामा केन्द्रिय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था MDRT (Million Dollar Round Table) मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट ४ जना COT सहित १५७ जना अभिकर्ताहरु MDRT का लागि योग्य भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको