पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले घनश्याम भूसाललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । पार्टीको अनुशासन आयोगले सचिवालय बैठक राखेर भूसाललाई आवश्यक कारवाहीका निम्ति सिफारिस गरेको छ।
स्थानीय चुनावको नतिजाबारे भूसालले हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिएको आधारमा पार्टीले कारबाही गरेको हो।
अन्तर्वार्तामा भूसालले स्थानीय चुनावमा जनताले एमालेको इतिहास र कार्यकर्ताको योगदानको कदर गरेपनि अध्यक्ष ओलीको कार्यशैलीकै कारण हार बेहोर्नु परेको उनले बताएका थिए। ओलीले अहिलेकै शैली नछाडेमा एमाले थप संकटमा जाने भुसालको निष्कर्ष थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस