Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, १७ : ४२ मा प्रकाशित

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मूख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट  अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरिएको थियो भने लमजुङ शाखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो जनमानसमा बिमाको महत्व, बिमा दाबी भुक्तानी लगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरिएको थियो । साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो  ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्न गइरहेको  छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको