Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

अर्थ संसार

सोमबार, २३ जेठ २०७९, १३ : ३२ मा प्रकाशित

इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक पाइने भएको छ ।

इसेवा मार्फत आफ्नो जीवन बीमाको  प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम एक हजार रूपैयाँसम्म क्यासब्याक पाइने भएको हो । यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइनेछ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मितीबाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ । यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्सकाे शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ ।

यस योजनामा हरेक दिन एक जनाले एक हजार र बम्पर उपहारमा रु एक लाख रुपैयाँ जित्न सकिनेछ । साथै मेटलाइफका कुनैपनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोनपेको क्यूआर मार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको