Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबारबाट काठमाडौँ महानगरपालिकाको फोहोर उठ्ने

अर्थ संसार

सोमबार, २३ जेठ २०७९, २१ : ४६ मा प्रकाशित

मंगलबारबाट काठमाडौँ महानगरपालिकाको फोहोर उठ्ने

मंगलबारबाट काठमाडौँ महानगरपालिकाको फोहोर उठ्ने भएको छ।  सिसडोल, बञ्चरेबासीहरुसँग काठमाण्डौँ महानगर र मन्त्रालय बिचमा सहमति भएको छ । 

शहरी विकास मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गाको मूल्यांकन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाएको छ । प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।

तेस्तै धुनिबेसी नगरपालिकाको १, ३ र ४ तथा ककनीको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने, सोहि क्षेत्रमा विगतबाट उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने प्रतिवद्धता काठमाडौं महानगरपालिकाले सम्झौतामा गरेको छ। 

629e25498aa92.jpg 629e254c029cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको