Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाको ‘फ्लेक्सी क्याप फण्ड’ मा आवेदन दिने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, १० : ५० मा प्रकाशित

एनआईसी एशियाको ‘फ्लेक्सी क्याप फण्ड’ मा आवेदन दिने आज अन्तिम माैका

एनआईसी एशिया बैंक लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुनेगरी जेठ १९ गते, बिहीबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज जेठ २५ गते, बुधबार अन्तिम दिन रहेकाे छ । 

फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन तथा बिक्री खुला गरेको हो । 

उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ । इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र ९परिचय पत्र जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।

यस योजनाको अवधि ७ वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १ सय इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् । 

फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको