Like us!
Follow us!
Connect us!
Watch us!

तिलक कोइरालाको लगानीकर्ता संघ संस्थालाई आवहान : ३ बजे माईतीघर आउनुहोस, एकताबद्ध भएर अघि बढौं

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, ०८ : ४४ मा प्रकाशित

तिलक कोइरालाको लगानीकर्ता संघ संस्थालाई आवहान : ३ बजे माईतीघर आउनुहोस, एकताबद्ध भएर अघि बढौं

तिलक कोइरालाले लगानीकर्ताका सबै संघ संस्थाका अध्यक्षहरुलाई बिहिबार (आज) दिउँसो ३ बजे माईतीघरमा आउन आफ्नो सामजिक संजाल मार्फत आवहान गरेका छन्।  उनले अब  छरिएर हैन, एकताबद्ध भएर लगानीकर्ताको हकहितको लागि लड्न पर्ने कुरामा जोड दिएका छन्। 

तिलक कोइरालाको नेतृत्वमा  पूँजी बजार सुधार समिति गठन गरिएको थियो। उक्त समितिलेनियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमाललाई १९ बुँदे माग समेटिएकाे ज्ञापनपत्र बुझाएको थियो भने तेस्को भोलि पल्ट  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घेराउ गर्दै गर्दा निषेधित क्षेत्र भन्दै प्रहरीले लगानीकर्ताहरूमाथि राेक लगाउदै  तिलक कोइरालालाइ नै पक्राउ गरेको थियो। 

तेस्पछि लगानीकर्ताहरु हरेक दिन ३ बजे माइतीघर मण्डलमा भेला हुदैँ प्रदर्शन गर्दै आएका छन्। 

अरु लगानीकर्ता संघले पनि तिलक कोइरालाको आन्दोलनका मागलाई जायज भनेता पनि उनको आन्दोलनमा भने सहभागिता जनाएका छैनन्।  तर सबै संघ संस्थाले तिलक कोइराला पक्राउ पर्दा विज्ञप्ति निकाल्दै उनको तत्काल रिहाइको माग भने राखेका थिए। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको