Like us!
Follow us!
Connect us!
Watch us!

शिवमसँग 'स्क्याम' टन्न

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, १७ : ३५ मा प्रकाशित

शिवमसँग 'स्क्याम' टन्न

कम्पनीहरुले आफ्नो वस्तुको व्यापार विस्तार गर्न विभिन्न स्किमहरु बजारमा ल्याउने गर्दछन्। कम्पनीले जारी गर्ने आकर्षक स्कीमका कारण व्यापार विस्तार हुने मान्यता छ। नेपालमा व्यापारीकरण सुरु भएपछि हालसम्म पनि उही परम्परागत मार्केटिङ तथा बजारीकरणका उपायहरू अवलम्बन हुँदै आएका छन् । परम्परागत मार्केटिङका विधि प्रयोग गर्दै ग्राहकलाई वस्तु उपभोगमा विभिन्न स्किम जारी गरी अन्तिममा स्किम आफ्नै आसे पासेलाई वितरण गर्ने गरेका कुरा नयाँ भने हैनन्। मार्केटिङमा कस्टुमर एक्यूजीसन कस्ट अर्थात एकजना ग्राहकलाई उक्त वस्तु किन्ने अवस्थासम्म पुर्याउन कति खर्च लाग्छ भन्ने कुरालाई विशेष मध्यनजर गर्ने गरिन्छ तर नेपालका कम्पनीहरु वैज्ञानिक मार्केटिंगका विधिहरु भन्दापनि असफल सावित भैसकेका पुरानै तरिकाहरुमै अल्झिईरहेका देखिन्छन।  

आईतबार सञ्चार माध्यममा “ शिवमसँग उपहार टन्न ” नामक पब्लिक कम्पनी शिवम् सिमेन्टको एउटा प्रचार देखियो। प्रत्येक २० बोरा सिमेन्ट खरिद गर्ने ग्राहकलाई हातखाली नहुने स्क्र्याच कुपन उपलब्ध गराउने र उक्त कुपन स्क्र्याच गर्दा ३ चरणमा शिवम् सिमेन्टको तर्फबाट ग्राहकले लक्की ड्रमा सहभागी हुन पाउने समाचारमा उल्लेख गरिएको थियो। बिज्ञापनमा हातखाली नहुने ड्र, मासिक र मेगा गरी ५ करोड रुपैयाँ नगद ,५ किलो सुन, १६ किलो चाँदी, हिराको औंठी,थाइल्याण्ड भ्रमण र हेली टुरका स्किमहरु रहेका छन्।  

मासिक लक्की ड्र अन्तर्गत पहिलो पुरस्कारको रूपमा २ जनालाई थाइल्याण्ड भ्रमण गराउने उल्लेख गरेको छ। हामीले थाइल्याण्ड भ्रमणको प्याकेज हेर्दा रू ५० हजार पर्ने देखिन्छ जस अनुसार कम्पनीले यसमा १ लाख रुपैयाँ खर्च गर्ने छ।

त्यस्तै ४ जोडीलाई हेलीटुर जसको मूल्य २० हजार प्रति रहने हुँदा ८० हजार रुपैयाँ खर्च हुने भएको छ। कम्पनीले हिराको औंठी दिने उल्लेख गरेको छ जसमा प्रतिव्यक्ति ५० हजार देखि १ लाख सम्म खर्च हुने देखिन्छ। कम्पनीले बिज्ञापनमा उल्लेख गरे अनुसार मेगा लक्की ड्र र हात खाली नहुने उपहारहरु समावेश गरेर ५ केजी सुन वितरण गर्ने उल्लेख गरेको छ। हालको बजारमूल्य अनुसार ९९ लाख रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य ५ केजी अर्थात ४२८.८२ वितरण गर्दा कम्पनीले ४ करोड २४ लाख रुपैयाँ खर्च गर्नेछ। हालको बजारमूल्य अनुसार १३४४ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य १६ केजी अर्थात १३७१.७७ तोला वितरण गर्दा कम्पनीले १८ लाख रुपैयाँ हिनामिना गरिरहेको छ।

कम्पनीले मंसीर १८ गते देखि सुरु गर्ने यो अफरमा कम्तिमा १० देखि १५ करोड खर्च हुने देखिएको छ। 

अघिल्ला वर्षहरुको तुलनामा कम्पनीको नाफा उच्च रुपमा घटेको छ। कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवरण अनुसार गत वर्षको पहिलो ३ महिनामा २ अर्ब २० करोड बराबरको बिक्रि आम्दानी गरेको शिवमले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा जम्मा १  अर्ब ५३ करोड बराबरको मात्रै सिमेन्ट बेचेको छ। कम्पनीको बिक्रि आम्दानी गत वर्ष भन्दा ४३% ले घटेको देखिएको छ। कम्पनीको नाफा घट्दै गईरहेको अवस्थामा करिब १५ करोड रुपैयाँ खर्च हुने किसिमका अफर ल्याउनु उपयुक्त हो कि होइन भन्ने गम्भीर प्रश्न खडा भएको छ।  

निर्माणका कार्यहरु ठप्प जस्तै भएको, बैंकहरुले होम लोन दिन बन्द गरेको अहिलेको अवस्थामा यस्ता स्किमहरु जारी गर्दैमा बिक्रि आम्दानी बढ्छ भन्न सकिने अवस्था छैन।

यसअघि पनि ११ करोड बोरा सिमेन्ट बेचेको भन्दै लगानीकर्ताहरुलाई भ्रमित पारेर शिवमका प्रोमोटरहरुले ठूलो कित्ता सेयर ९०० देखि १००० रुपैयाँको आसपासमा बेचेका थिए। आफूहरुले ठूलो कित्ता सेयर बेचिसकेपछि ब्यालेन्स सिटमा म्यानुपुलेसन गर्दै 'अन्य खर्च' शिर्षकमा अरबौं खर्च देखाएर कम्पनीको प्रतिसेयर आम्दानी निकै न्यून देखाएका थिए। यो स्क्यामको अर्थसंसारले चिरफार गरेको थियो।  

यस किसिमका स्किम विगतका दिनहरूमा पनि देखिदै आएका थिए। स्किम पश्चात नतिजा प्रकाशनमा गडबड हुने प्रतिक्रिया स्किमको नतिजा सँगै प्रयोगकर्ताहरुले व्यक्त गर्ने गर्दछन्। स्किमको उपहार भने आफ्नो नजिकको व्यक्तिलाई वितरण गर्ने गरेको आरोप लाग्ने गर्दछ। पछिल्लो समय मार्केटिङका वैज्ञानिक विधि प्रयोग हुँदै गर्दा उनी उच्च कस्टुमर एक्यूजीसन कस्ट लाग्ने मार्केटिङका विधि प्रयोग गरिरहँदा मार्केटिङमा अप्रभावकारिता रहन्छ नै त्यो माथि लगानीकर्ताको पैसा हिनामिना गर्ने मनसाय रहेको प्रष्ट हुन्छ नत्र आधुनिक वैज्ञानिक मार्केटिङ का विधि रहिरहादा उच्च कस्टुमर एक्यूजीसन कस्ट लाग्ने मार्केटिङ मार्केटिङका विधि प्रयोग गर्नु कसरी उपयुक्त हुन सक्ला त?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको