Like us!
Follow us!
Connect us!
Watch us!

दराजको ११.११ क्याम्पेनका नाममा ‘ठगी धन्दा’ !

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, १३ : ०३ मा प्रकाशित

दराजको ११.११ क्याम्पेनका नाममा ‘ठगी धन्दा’ !

नोभेम्बर ११ लाई विश्वब्यापी रूपमा इ- कमर्सहरुको दिनको रूपमा लिने गरिन्छ। विश्वब्यापी रूपमा ग्राहकलाई विभिन्न प्रकारका शेल अफर प्रदान गरी मनाउने गर्दछन् तर नेपालमा भने ग्राहकलाई सेवाको नाममा आकर्षण गरी ठगी गर्ने गरेको पाइन्छ। 

दराज नेपालको लोकप्रिय र धेरै प्रयोगकर्ता भएको हो इ कमर्स हो तर यसले प्रदान गर्ने सेवा झनै खस्किँदै गइरहेको उपभोक्ताहरुको गुनासो छ । 

इ कमर्स दराजले हरेक वर्ष ११.११ नामक क्याम्पेन नोभेम्वर ११ मा मनाउँदै आएको छ। पछिल्ला वर्षहरूमा बजार मूल्यभन्दा बढी मूल्य देखाएर प्रयोगकर्तालाई झुक्याउँदै आएको सर्वसाधारण आरोप लगाउँछन्। एक सर्वसाधारणलाई  इ कमर्स चलाउनुहुन्छ भन्ने प्रश्न गर्दा “१०० को रिचार्ज कार्ड १८० देखाउँछन् अनि ८०% डिस्काउन्ट दिएर के काम दिन सक्नेले १०० मै डिस्काउन्ट दिनु नी” उनले भने । 

पछिल्लो ४ दिन देखि सञ्चालनमा आएको दराजको ११.११ महोत्सवमा भने केही फरक दृश्य देख्न पाईयो। फेसबुक स्क्रोल गर्दा जाडोमा न्यानो हुने ज्याकेटको मूल्य २८७ देखाएको हुन्छ तर सोही विज्ञापन पछ्याएर दराजको वेबसाइट खुल्दा त्यहाँ ज्याकेटको मुल्य ७८७ देखाएको हुन्छ। 

प्रचार गर्दा प्रयोगकर्ताहरूलाई सही जानकरी दिनुपर्ने विक्रेताको नैतिक जिम्मेवारी हो। बारम्बार यस्ता किसिमका कृयाकलाप भईरहँदा इ कमर्सप्रति सर्वसाधारणको बिश्वास झन् घट्दै जानेछ।

प्रयोगकर्ता झुक्याउने यस्ता प्रचारमा बारम्बार हुँदै आएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको