Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा क्यापिटलको डिम्याट र मेरो सेयर खाता नविकरणमा विशेष योजना

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, १३ : ४० मा प्रकाशित

गरिमा क्यापिटलको डिम्याट र मेरो सेयर खाता नविकरणमा विशेष योजना

गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो सेयर खाता खोलेका सम्पूर्ण ग्राहकहरुले २०७९ आषाढ मसान्तभित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्नेछ ।

यसै क्रममा, आफ्ना ग्राहकहरुको हितलाई मध्यनजर गर्दै गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरो शेयर खाता नविकरणमा विभिन्न विकल्पहरुका साथ देहाय बमोजिमका विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । 

क) दश (१०) वर्षे डिम्याट र मेरो शेयर खाता नविकरण योजना :

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ९९९।– (अक्षरेपी : नौ सय उनान्सय रुपैयाँ मात्र) भुक्तान गरी दश (१०) वर्षको लागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु आगामी दश (१०) वर्षको लागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । 

ख) पाँच (५) वर्षे डिम्याट र मेरो शेयर खाता नविकरण योजना : 

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ४९९।– (अक्षरेपी : चार सय उनान्सय रुपैयाँ मात्र)  भुक्तान गरी पाँच (५) वर्षको लागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु आगामी पाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।  

ग) आजीवन डिम्याट र मेरो शेयर खाता नविकरण योजना : 

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १,९९९।– (अक्षरेपी : एक हजार नौ सय उनान्सय रुपैयाँ मात्र) भुक्तान गरी आजीवन हितग्राही खाता र मेरो शेयर खाता नविकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु जीवनभर वर्षेनी हितग्राही र मेरो शेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।  

घ) नियमित एक (१) वर्षे डिम्याट र मेरो शेयर खाता नविकरण योजना :

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १५०।– (अक्षरेपी : एक सय पचास रुपैयाँ मात्र) भुक्तान गरी एक (१) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नेछन् ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको