Like us!
Follow us!
Connect us!
Watch us!

म्याग्दीको नारच्याङ्गमा महालक्ष्मी लाईफकाे बीमा जागरण कार्यक्रम सम्पन्न

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, १७ : २५ मा प्रकाशित

म्याग्दीको नारच्याङ्गमा महालक्ष्मी लाईफकाे बीमा जागरण कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ नारच्याङ्गमा "यूवासँग महालक्ष्मी लाईफ" बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको हिमाली भेगमा सञ्चालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहको अध्यक्ष नीरमाया पुन गुरुङले गरेकी थिइन् । लक्ष्मण आचार्यले सञ्चालन गरेका कार्यक्रममा अध्यक्ष गुरुङले पिछडिएको पहाडी र हिमाली भेगमा गरिने यस किसिमको कार्यक्रमले आम मानिसमा बीमाप्रतिको जानकारी र आकर्षण बढ्ने बताए । २६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको धवलागिरी क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । 

महालक्ष्मी लाईफले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले "युवासँग महालक्ष्मी लाईफ" कार्यक्रम गत वर्ष २०७८ आश्विन महिनाबाट सञ्चालनमा ल्याएको थियो। बीमा जागरण राष्ट्रिय अभियानको यो कार्यक्रम २०७८ चैत्र सम्ममा ८० भन्दा बढी स्कुल कलेज र स्थानीय स्तरमा सञ्चालन भईसकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको