Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले ल्यायो 'ग्रीन पिन'

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, १३ : १३ मा प्रकाशित

सानिमा बैंकले ल्यायो 'ग्रीन पिन'

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।

ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम् मा गएर पिन परिवर्तन गर्नुपर्ने छ ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र बिधाजनक बनाउनु हो । सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११७ वटा ए.टि.एम् सञ्चालनमा रहेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको