Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा र निक्षेप वृद्धिदर घट्यो

पत्रपत्रिका

आइतबार, २९ जेठ २०७९, ०७ : २३ मा प्रकाशित

कर्जा र निक्षेप वृद्धिदर घट्यो

चालू  आर्थिक वर्षको १० महिनामा कुल आन्तरिक कर्जाको वृद्धिदरमा पनि कमी आएको छ । समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ११.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १९.४ प्रतिशतले बढेको थियो ।

यसैगरी समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेपको वृद्धिदरमा पनि कमी आएको छ । चालू आर्थिक वर्षको १० महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ५ प्रतिशतले बढेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप १४.३ प्रतिशतले बढेको थियो । २०७९ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती ८.५ प्रतिशत, बचत २८.१ प्रतिशत र मुद्दतीको अंश ५६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३४.३ प्रतिशत र ४९.४ प्रतिशत रहेको थियो । 

२०७९ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.४२ प्रतिशत रहेको छ । २०७८ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४०.९४ प्रतिशत रहेको थियो ।

समीक्षा  अवधिमा  बैङ्क  तथा  वित्तीय  संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिमा पनि कमी आएको छ । सो अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २३.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह १३.० प्रतिशतले, विकास बैङ्कको कर्जा प्रवाह १४.७ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह २८.२ प्रतिशतले बढेको छ ।

२०७९  वैशाख  मसान्तमा  बैङ्क  तथा  वित्तीय  संस्थाको  लगानीमा  रहिरहेको  कर्जामध्ये  ६६.९ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७८ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.९ प्रतिशत र १२.४ प्रतिशत रहेको थियो ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको