Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपाल लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत, कहिले खुल्छ कारोबार ?

अर्थ संसार

आइतबार, २९ जेठ २०७९, ०७ : ५४ मा प्रकाशित

सिवाईसी नेपाल लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत, कहिले खुल्छ कारोबार ?

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत भएको छ । 

लघुवित्तको १२ लाख १६ हजार ४१८ कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ९५ हजार ३३६ कित्ता र संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको शेयरलाई नेप्से सिवाईसीएल (CYCL) कारोबार संकेत प्रदान गरेको छ । लघुवित्तको सोमबार देखि दोस्रो बजार कारोबार सुरु हुने छ । 

कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २२ लाख ५ हजार ६३३ जनाले आवेदन दिएकामा ३ हजार २७२ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख २ हजार ३६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो ।

जारी पूँजीको ०।५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

सीडीएसका अनुसार बैशाख ६ गते अर्थात अन्तिम दिन  साँझ ५ बजेसम्म २२ लाख ७७ हजार ७ सय ४३ जना लगानीकर्ताले २ करोड ५६ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ६९।५२ गुणा धेरै हो । 

यो पनिः सिवाईसी नेपालको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

62a54bcaa9bcd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको