Like us!
Follow us!
Connect us!
Watch us!

‘बुल र बियर सँधै ५ वर्ष रहन्नन्, नेप्से २३०० मा बटम लागेको मेरो अनुमान गलत भयो’

अर्थ संसार

आइतबार, २९ जेठ २०७९, १० : ०९ मा प्रकाशित

‘बुल र बियर सँधै ५ वर्ष रहन्नन्, नेप्से २३०० मा बटम लागेको मेरो अनुमान गलत भयो’

सेयर विश्लेषक डा. केशब श्रेष्ठले नेप्से २३०० को बिन्दुमा पुग्दा बटम लागेको भन्ने आफ्नो अनुमान गलत भएको बताएकाछन् । आईतबार उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो धारण व्यक्त गरेका हुन् ।

‘बजार ३,००० अंक माथि पुग्दा निस्केपनि २३०० मा नै बटम लागेको मेरो अनुमान थियो जुन गलत भयो’ उनले लेखेकाछन् तर ‘२५०० भन्दा घट्दैगर्दा नै अब लामो समय बजारमा टिक्ने रणनीती लिनैपर्छ भन्ने कुरामा चैं म अडिग छु । त्यसो त ईन्डेक्स हेरेर कम्पनी किन्ने पनि झल्लु रणनीती नै हो मेरो बिचारमा । बुल र बियर सँधै ५ बर्षे रहन्नन् किनकि प्रविधि र कारोबार शैलीमा आएको गुणात्मक परिवर्तनले यो चक्रमा अस्थिरता आँउछ भन्ने मान्यता पुष्टि भएको छ यसपाली ।’

‘सेयर बजार घटेपछि  आफुले गरेका गल्तीहरु सच्याउने, थप अध्ययन गर्नेतिर लाग्नुपर्ने हो । तर हामी भाग्नेतिर लाग्छौं । बजार बुलमा हुँदा घट्नसक्छ भन्नेलाई गाली गर्छौं । बजार घट्दा बढ्सक्छ भन्नेलाई गाली गर्छौं । जबकि यथार्थ त्यही हो । जबसम्म यो मानसिकताबाट बाहिर निस्कन्नौं, बजारबाट कमाउन मुस्किल छ ।’ उनले लेखेका छन् ।

62a56cec21358.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको