Like us!
Follow us!
Connect us!
Watch us!

युद्धकाे बेलामा किन रुस गए खेलकुदमन्त्री अथक ?

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, १४ : ४३ मा प्रकाशित

युद्धकाे बेलामा किन रुस गए खेलकुदमन्त्री अथक ?

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुदमन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान रुस प्रस्थान गरेका हुन् ।

पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले रुस सरकारका खेलकुद मन्त्री म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसक्रममा “रसिया-नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२-२०२३” मा दुवै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत छ । साथै नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा समेत कुटनैतिक भेटघाट तथा छलफल हुनेछ ।

भ्रमणका क्रममा रुसले खेलकुद क्षेत्रको विकासकालागि अबलम्बन गरेको नीति तथा खेलकुद विश्वविद्यालय संचालनको प्रक्रियाका बारेमा समेत जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय रंगशालाको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र रुस बीचको झण्डै ६६ वर्ष लामो कुटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास लिईएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको