Like us!
Follow us!
Connect us!
Watch us!

‘सेयर बजारमा सट्टेबाजी गर्ने नाफा हुँदा चुप बस्ने अनि घाटा हुँदा नियामकसँग संरक्षण खोज्ने ?’

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, १३ : ०३ मा प्रकाशित

‘सेयर बजारमा सट्टेबाजी गर्ने नाफा हुँदा चुप बस्ने अनि घाटा हुँदा नियामकसँग संरक्षण खोज्ने ?’

नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा बढुवाका लागी सिफारिस भएका डा. नवराज अधिकारीले सेयर बजारमा सट्टेबाजी गर्ने नाफा हुँदा चुपचाप बस्ने अनि घाटामा जाँदा सरकार र नियामक निकायहरुको संरक्षण खोज्ने कुरा स्विकार्य नहुने बताएका छन् । 

एक टेलिभिजन अन्तरवार्ताका क्रममा निर्देशक अधिकारीले यस्तो बताएका हुन् । ‘सेयर बजारमा लगानी गर्दा आफुसँग हुँदै नभएको बैंकबाट सापटी लिएर सट्टेबाजी गर्ने अनि बजार बढ्दा कसैलाई केही नभन्ने अनि अब बजार घट्छ अनि नियामक सरकारसँग संरक्षण खोज्ने ? यस्तो कुरा स्विकार्य हुन सक्दैन’ अधिकारीले भने । 

सेयर बजारमा लगानी गर्नेहरुले पहिले नै जोखिमका बारेमा जानकारी राखेर लगानी गर्नुपर्ने तर्क उनको छ । सेयर बजारमा गरिने लगानी जोखिमपुर्ण हुने भएकाले लगानीकर्ताहरुले बुझेर अध्ययन गरेर लगानी गर्नुपर्नेमा उनको जोड छ । 

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले कम्तिमा पनि २ वर्षका लागि धैर्यता गर्नुृपर्ने बताउँछन् उनी । 'दुई वर्षको अवधिमा बजार केही तल गएपनि पुनः माथि आउने सम्भावना पनि हुन्छ लगानीकर्ताहरुले सुसुचित भएर लगानी गर्नु पर्यो अनि ॠण तथा सापटि लिएर रातारात धनी बन्छु भन्ने सपना लगानीकर्ताले त्याग्नुपर्यो,' उनले भने । 

नेपाल धितोपत्र बोर्डको पदपूर्ति समितिको गत बिहीबार बसेको बैठकले कार्यकारी निर्देशकको पदमा बढुवाको लागि डा. नवराज अधिकारी नाम सिफारिस गरेको थियो । अब उनको बढुवामाथीको दावी विरोधका लागि ३५ दिनको समय दिइएको छ यदि उक्त अवधिमा कुनै दावी विरोध नपरेमा उनीहरु कार्यकारी निर्देशकका रुपमा बढुवा हुनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको