Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा गाँजा खेतीको सम्भावना प्रचुर

पत्रपत्रिका

बुधबार, ०१ असार २०७९, ०७ : १८ मा प्रकाशित

नेपालमा गाँजा खेतीको सम्भावना प्रचुर

नेपालको भूूगोल र हावापानीमा निकै फस्टाउन सक्ने गाँजाको खेती गरेर मुलुकको आर्थिक अवस्था सुधार गर्न सकिने विज्ञहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजार मा निकै महँगो मा बिक्री हुने गाँजाको विभिन्न उत्पादन विदेश निर्यात गरी विदेशी मुद्रा  नेपालले आर्जन  गर्न सक्ने कुरामा सरोकारवालाले जोड दिएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुुसन्धान परिषद्ले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा.विष्णुुराज उप्रेतीले गाँजा खेतीलाई व्यवस्थित गर्नुपर्ने  बताए ।  उनले यसको खेतीबाट मुलुकको आर्थिक विकासमा टेवा पुुग्नेमा चौतर्फी चासो भइरहेका बेला यसका सकारात्मक र नकारात्मक प्रभावका बारेमा व्यापक छलफल हुनु जरुरी भएको बताए ।

नेपालमा गाँजा खेती र आर्थिक सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्दै डा. हरि शर्माले अमेरिका जस्तो विकसित मुुलुकले गाँजाको व्यावसायिक खेती र सेवनलाई खुला गरेर मुलुकको अर्थतन्त्रको एक हिस्सा  बनाइरहेका बेला नेपाल जस्तो कम विकसित मुुलुकले प्रशस्त फाइदा लिन सक्ने बताए ।

नेपालमा गाँजा एक लाख ८० हजार हेक्टर मा गर्न सकिने बताइएको छ । गाँजाबाट रेशाजन्य, काठजन्य, खानाजन्य, औषधिजन्य र तेलजन्य उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ । विश्वमा  हालसम्म क्यानडा, अमेरिका, मलेसियालगायतका थुप्रै युरोपेली मुलुकले गाँजाको खेती र सेवनलाई खुला गरिसकेका छन् भने थाइल्यान्डले केही दिनअघि खुला गरेको छ भने भारतले खुला गर्ने तयारी गरि रहेको छ ।

गोरखापत्र दैनिकमा समाचार छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको