Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ता झुन्डिएर मर्छु भन्न थाले : गगन थापा

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १२ : ३९ मा प्रकाशित

राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ता झुन्डिएर मर्छु भन्न थाले : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पनि संसदमा सेयर बजारकाे कुरा उठाएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संकुचित नीतिका कारण बजार प्रभावमा परेकाे बताएका छन् ।

उनले भने , "विश्वव्यापी रूपमा सेयर बजारलाई अर्थतन्त्रको परिसूचकको रूपमा हेर्ने गरेको पाइन्छ । सेयर बजारको स्थायित्व र सबलताले लगानीकर्ताहरूको मात्र नभएर समग्र अर्थतन्त्रको समुन्नति तर्फ अघि लैजान्छ । र विगत लामो समयदेखि नेपालको सेयर बजार अस्थिर भएको छ । विसं २०७८ साल भाद्र २८ गते ३१९८ को उच्चतम विन्दुमा पुगेको नेप्से हिजो १९९९ मा झर्यो । यस्तो परिघटनाले सेयर बजारको विश्वसनियतामा नकरात्मक प्रभाव पर्ने नै भयो । यो सँगै धेरै साना लगानीकर्ताहरूलाई उठ्न नसक्ने बनाएको छ । "

सामान्य अवस्थामा सेयर बजार तलमाथि हुनु नियमित प्रकृया भएपनि कुनै अस्थिर नीतिका कारणले गर्दा बजारको ह्रासले अहिलेको विद्यमान र सम्भावित सबै लगानीलाई बजारबाट निरूत्साहित गरेको उनले  बताए । बजारमा रहेको तरलता अभावले सेयर बजारमा समस्या ल्याउनु स्वभाविक रहेपनि राष्ट्र बैंकले लिएको सेयर बजारमा कर्जालाई संकुचन गर्ने नीतिका कारण बजार यस्तो अवस्थामा आएको भनिएको बारेमा ध्यानाकर्षण हुनु जरूरी रहेको उनले बताए । 

उनले दिनहुँ जसाे आफूसँग १०-१५ जना लगानीकर्ता गुनासाे गर्दै सम्पर्कमा आउने गरेका बताएका छन् । आफूसँग सम्पर्कमा आएकामध्ये धेरैले  झुन्डिएर आत्महत्या गर्ने तथा सडकमा आइपुगेको गुनासो गर्ने गरेका उनी बतााउँछन् ।

सेयर बजारको स्थायित्व कायम गर्न र सेयर बजारमाथि विश्वास कायम गर्न अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्ता नियमनकारी निकायहरूले के कस्तो कार्य गरिरहेका छन् हेर्नुपर्ने जानकारी दिए । त्यस्तै, साना लगानीकर्ताहरूको सुरक्षाको लागि कस्तो कामहरू भइरहेको छ जानकारी गराउनु पर्ने उनले बताए । 

निजी क्षेत्रको रियल सेक्टर र अन्तराष्ट्रिय लगानीकर्ताहरूलाई समेत धितोपत्रमा लेराएर अर्थतन्त्रलाई फराकिलो बनाउनु पर्नेमा संकुचित बनाउने व्यवस्था गरिएकोप्रति उनले आपत्ति जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको