Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर पछि देशकै ठुलो ‘ग्लोबल आईएमइ बिओके’ बैंक बन्ने

अर्थ संसार

विहीबार, ०२ असार २०७९, १० : ५० मा प्रकाशित

मर्जर पछि देशकै ठुलो ‘ग्लोबल आईएमइ बिओके’ बैंक बन्ने

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको मर्जर पश्चाथ बन्ने बैंकको नाम ग्लोबल आईएमई बिओके हुने सहमती भएको छ । आज बिहान ८ बजे होटल याक एण्ड यतीमा यी दुई बैंकका बिचमा मर्जर सम्झौता भएको हो । 

हाल बैंक अफ काठमाण्डूको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ अब मर्जर पछि बन्ने बैंकको चुक्ता पूँजी ३४ अर्ब रुपैयाँ पुग्नेछ । यो संगै नयाँ बन्ने बैंक नेपालकै सबैभन्दा ठुलो बैंक बन्नेछ । 

श्रोतका अनुसार दुवै बैंकबीच १ः१ को अनुपातमा मर्जरको लागि सहमति जुटेको हो । आज दुबै बैंकले नेप्सलाई पत्र लेख्दै मर्जरका लागि प्रारम्भिक सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भइसकेकाले दुबै बैंकको सेयर कारोबार रोक्का राखिदिन आग्रह गरेको हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको