Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको लगानीकर्ताप्रति अमानविय व्यवहार, शाैचालय समेत प्रयोग गर्न दिइएन !

अर्थ संसार

विहीबार, ०२ असार २०७९, १२ : ५९ मा प्रकाशित

धितोपत्र बोर्डको लगानीकर्ताप्रति अमानविय व्यवहार, शाैचालय समेत प्रयोग गर्न दिइएन !

नेपाल धितोत्र बोर्डले आन्दोलनरत लगानीकर्ताहरुप्रति अमानविय व्यवहार देखाएको छ । बुधबारदेखि धितोपत्र बोर्डको मुल गेट अगाडी आमरण अनशन बसिरहेका लगानीकर्ता तिलक कोईरालासहितका अन्य लगानीकर्ताहरुलाई बोर्डको शाैचालय समेत प्रयोग गर्न दिइरहेको छैन । 

धितोपत्र बोर्डले बुधबार लगानीकर्ताहरुले आन्दोलन सुरु गरेसँगै मुल ढोका बन्द गरेको छ । बोर्डको मुल ढोका बन्द भएसँगै बोर्डमा दैनिक काममा आउने सेवाग्राहीले समेत सास्ती व्यहोर्नु परेको छ । 'यसरी गेटबाट भित्रै छिर्नै नदिनु त अमानविय व्यवहार भयो, सार्वजनिक निकायमा भित्र छिर्नै नपाउने भन्ने त नहुनुपर्ने हो सुरक्षाको हिसाबले भन्ने हो भने बोर्डमा आन्दोलनरत लगानीकर्ता भन्दा सुरक्षाकर्मीको उपस्थिती बढी छ त्यस्तो अवस्थामा पनि किन डराएको हो', एक सेवाग्राहीले गुनासो गरे । 

'हामीले नेपालको पूँजी बजारको विकास र विस्तारको मागसहित शान्तिपुर्ण आन्दोलन गरिरहेका छौँ, बोर्डमा भौतिक रुपले कुनै पनि क्षति पुर्याउने कुनै पनि काम गरेका छैनाैँ र गर्ने पनि छैनाैँ यहाँ आउने सबैजना व्यवसायीहरु नै हुनुहुन्छ यसरी शाैचालय प्रयोग मै प्रतिबन्ध लगाएर बोर्डले हामीलाई चरम अमानविय व्यवहार गर्यो आखिर धितोपत्र बोर्ड त हामी लगानीकर्ताहरुकै लागि खोलिएको हैन र ? लगानीकर्ता नै नभए धितोपत्र बोर्डको के काम,' उनले भने । 

सार्वजनिक निकायको प्राङ्गणमा आमरण अनशन बस्न नदिने निर्णय धितोपत्र बोर्डको सही होला तर त्यहाँ उपस्थित लगानीकर्ताहरुलाई शाैचालय प्रयोगमा समेत रोक्नु न्योचित देखिँदैन । लगानीकर्ताहरुले आफ्ना मागहरुसहित शान्तिपुर्ण आन्दोलन गर्न पाउनु उनीहरुको अधिकार पनि हो र उनीहरुको शान्तिपुर्ण आन्दोलनलाई सहयोग गर्नु बोर्डको कर्तव्य पनि हुन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको