नेकपा एमालेका नेता भानुभक्त ढकालले वर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई अर्थमन्त्रीका रुपमा अब मान्न नसकिने बताएका छन् । आज प्रतिनिधीसभा बैठकलाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् ।
संसदमा बोल्दै ढकालले भने ‘नेकपा एमाले संसदिय दलका तर्फबाट अहिलेका बर्तमान अथमन्त्रीलाई अर्थमन्त्रीका रुपमा स्विकार गरेर यो सरकार, यो संसद र यसको बाह्य गतिविधिमा समेत हाम्रो दलको समर्थन नरहने व्यहोरा दलको तर्फबाट यहाँ गराउन चाहान्छु’ ।
त्यस्तै ढकालले अर्थमन्त्री शर्माले आँफैले निलम्बन गरेका गभर्नरलाई अदालतले पुर्नवहाली गर्दा नैतिकताका आधारमा राजिनामा दिनुको सट्टा झनै हौसियर बिचौलियाहरुसंग मिलेर करमा सेटिङ गरेको आरोप समेत लगाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस