Like us!
Follow us!
Connect us!
Watch us!

दिपेन्द्र अग्रवालको आक्रोश : हामीलाई जसले सट्टेबाज भन्छ त्यसलाई ठोके हुन्छ अब चुप बस्न हुन्न

अर्थ संसार

विहीबार, ०२ असार २०७९, १६ : ५७ मा प्रकाशित

दिपेन्द्र अग्रवालको आक्रोश : हामीलाई जसले सट्टेबाज भन्छ त्यसलाई ठोके हुन्छ अब चुप बस्न हुन्न

सेयर बजारका ठूला लगानीकर्ता दिपेन्द्र अग्रवालले लगानीकर्ताहरूलाई सट्टेबाज भन्नेहरूलाई ठाउँको ठाउँ नै ठोके हुने बताएका छन् । बजार यस्तो अवस्थामा आइपुग्दा पनि सेयर बजारलाई सट्टा बजारसँग तुलना गर्नु जायज र स्विकार्य नरहेको उनको आक्रोश थियो । 

सेबाेनकाे कार्यालय अगाडि अनसन स्थलमा उभिएर उनले भने, "धिताेपत्र बाेर्डका नबराज अधिकारीले मिडियामा गएर हामीलाई सट्टेबाजी भन्नु भएको छ । माफी माग्नु पर्नेमा मागी माग्नु भाको छैन । जुवाकाृ खालमा उहाँहरू बस्नु भाछ । हाम्रै देशमा जुन सट्टेबाजी हामी गर्छौँ नी त्यही सट्टेबाजीबाट कमिसन लिएर चलेको यो सेबोन हो । यही सट्टेबाजीको पैसा यिनीहरूले राखिराछ । हाम्रो १९ खर्ब रूपैयाँ खाइसके ।"

उनले थपे, "सट्टेबाजीकाे नाइके तपाइँहरू हाे । त्यहाँ बस्नु भएकाे छ । आफ्नो सुरक्षाको लागि प्रहरी खटाउनु भएको छ । हाम्रै पैसा खाएर हामीबाट डराउनु हुन्छ । भोलिका दिनमा हाम्रा मागहरू पुरा भएन भने यिनीहरूलाई ठाउँको ठाउँ कारबाही हुन्छ । म अनुरोध गर्न चाहेँ सबै लगानीकर्ताहरूलाई यदि हामीलाई कसैले सट्टेबाज भन्छ भने त्याँही कारबाही गर्नुहोला, त्याँही ठोक्नुहोला छोड्ने हैन । खेलाउने सट्टा यिनीहरूले बर्बाद हुने हामी कमाउने यिनीहरू, अमेरिका घुम्ने यिनीहरू अनि सट्टेबाज हामी, गज्जब छ ।"

उनले सबै लगानीकर्ताहरूलाई आन्दोलनमा सहभागी भई आ-आफ्नो तर्फबाट साथ र सहयो गर्न आग्रह गरेका छन् । भन्दा ५२ लाख लगानीकर्ता छौँ भन्ने अनि आन्दोलनमा ५२ जना पनि सहभागी नहुँदा राम्रो सन्देश नजाने उनी बताउँछन् । लगानीकर्ताहरूकाे तागतले आन्दाेलन सफल बनाउन ठूलाे महत्व राख्ने उनले बताए ।

लगानीकर्ताहरूको माग पुरा नभएसम्म आफूहरू आन्दोलन जारी रहने र बजारलाई जसरी पनि सुधार्ने विश्वास दिलाउँदै उनले सबै लगानीकर्ताहरूलाई केही समय धैर्य गर्न र मार्जिन कलहरू आउँदा नआत्तिन अनुरोध गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको