Like us!
Follow us!
Connect us!
Watch us!

हामी सट्टेबाज हो भने धितोपत्र बोर्ड सट्टेबाजीको नाइके हो : डा.केशव श्रेष्ठ

अर्थ संसार

विहीबार, ०२ असार २०७९, १७ : १३ मा प्रकाशित

हामी सट्टेबाज हो भने धितोपत्र बोर्ड सट्टेबाजीको नाइके हो : डा.केशव श्रेष्ठ

लगानीकर्ताहरूको आन्दोलनमा आफ्नो समर्थन जनाउँदै चर्चित सेयर विश्लेषक डा. केशव श्रेष्ठ पनि अनसन स्थल पुगेका छन् । 

त्यहाँ पुगेर उनले लगानीकर्ताहरू सट्टेबाज हो भने धितोपत्र बोर्ड सट्टेबाजीको नाइके रहेको बताएका छन् । लगानीकर्ताहरूको नियामक निकाय नेपाल धितोपत्र बोर्ड जस्तो जिम्मेवार निकायमा आवद्ध व्यक्तिले राष्ट्रियस्तरको टेलिभिजनमा गएर सेयर बजारलाई सट्टेबाज भन्नु अत्यन्तै दुखद र लज्जास्पद कुरा रहेको उनी बताउँछन् । 

दिपेन्द्र अग्रवालको आक्रोश : हामीलाई जसले सट्टेबाज भन्छ त्यसलाई ठोके हुन्छ अब चुप बस्न हुन्न

अन्तर्वातामा उनले भनेजस्तो लगानीकर्ताहरू सट्टेबाजी हो भने झन् सेबोन त सट्टेबाजीको नाइके रहेको श्रेष्ठले बताए ।

कुराकानी कै क्रममा लक्ष्य हाेल्डिङ्सकाे बैंक काराेबार राेकिएकाे बारेमा बाेल्दै उनले भने, "धितोपत्र बोर्डले १३०० लगानीकर्ताको लगानी भएको कम्पनीको बैंक कारोबार रोकेको छ यो कुन कानुनको आधारमा गरिएको हो ? धितोपत्र जारि नै नगरेको कम्पनिलाई नियमन गर्ने अधिकार धितोपत्र बोर्डलाई कुन कानुनले दियो ?"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको