Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको समर्थनमा अनसन स्थल पुगिन् बाबुराम पुत्री मानुसी

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, १४ : ४० मा प्रकाशित

लगानीकर्ताको समर्थनमा अनसन स्थल पुगिन् बाबुराम पुत्री मानुसी

डा. बाबुराम भट्टराईकी पुत्री मानुसी यमी भट्टराई पनि  आन्दोलनमा समर्थन जनाउँदै अनसन स्थल पुगेकी छिन् । 

सेबाेनस्थित लगानीकर्ताकाे अनसन स्थलमा पुगी उनले अनसनरत पूँजी बजार सुधार संघर्ष समितिका तिलक काेइरालालाइ भेटेकी छिन् । उनी अब हुन लागेकाे प्रतिनिधिसभामा पनि उठ्दै छिन् । काठमाडौं ५ वा ७ मध्ये कुन क्षेत्रमा उमेदवारी दिने भनेर निर्णय गरिनसकेकी उनले कतै न कतै उमेदवारी दिने बताएकी छिन् । 

सेयर बादशाह निर्मल प्रधान पुगे अनसन स्थल ! (फोटो फिचर )

यतिबेला सेयर बादसाहका उपनाम पाएका नेपालका ठुला लगानीकर्ता निर्मल प्रधान पनि अनसन स्थल मै छन् ।

पूँजी बजार सम्बन्धी सरकारले गर्छु भनेको काम समयमा नगर्दा समग्र पूँजी बजार गम्भिर संकटमा परेको भन्दै जेठ २० गतेदेखि लगानीकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम एवमं आन्दोलन गरिरहेका छन् । 

विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन समेत सुरू गरेका छन् । अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको