Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजारको विकासमा प्रधानमन्त्रीको हस्तक्षेप जरूरी : रामहरी खतिवडा

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, १५ : ०८ मा प्रकाशित

पूँजी बजारको विकासमा प्रधानमन्त्रीको हस्तक्षेप जरूरी : रामहरी खतिवडा

पूर्व सांसद एवमं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडा पनि आन्दोलनमा समर्थन जनाउँदै अनसन स्थल पुगेका छन् ।

अनसन स्थल पुगेर मन्तव्य दिँदै उनले पूँजी बजारकाे विकासका लागि प्रधानमन्त्रीको हस्तक्षेप जरूरी रहेकाे बताएका छन् । 

यसैगरी, उनले अहिलेकाे लगानीकर्ताहरूकाे आन्दोलनमा आफ्नाे व्यक्तिगत र पार्टीकाे तर्फबाट समर्थन रहेकाे बताएका छन् । अनसनरत तिलक काेइरालाकाे स्वास्थ्य बिग्रन नदिनु सरकारकाे दायित्व हुने पनि उनले बताए ।

यतिबेला डा. बाबुराम भट्टराईकी पुत्री मानुसी यमी भट्टराई र सेयर बादसाहका उपनाम पाएका नेपालका ठुला लगानीकर्ता निर्मल प्रधान पनि अनसन स्थल मै छन् ।

पूँजी बजार सम्बन्धी सरकारले गर्छु भनेको काम समयमा नगर्दा समग्र पूँजी बजार गम्भिर संकटमा परेको भन्दै जेठ २० गतेदेखि लगानीकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम एवमं आन्दोलन गरिरहेका छन् । 

विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन समेत सुरू गरेका छन् । अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको