Like us!
Follow us!
Connect us!
Watch us!

बिन्ध्यबासिनी हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, १५ : ४३ मा प्रकाशित

बिन्ध्यबासिनी हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (असार ३ गते, शुक्रबार) सम्पन्न भएकाे छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा अहिले दिउँसो ३ बजे सम्पन्न भएकाे हाे ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका छन् । बाँकी १६ लाख ५५ हजार ३ सय ९५ जनाको भने हात खाली भएकाे छ । 

अन्तिम दिनसम्म कुल १७ लाख ९१ लाख ८ सय ९५ जना लगानीहरूले यस आईपिओमा आवेदन दिएका थिए । जसमध्ये २ हजार ७ सय ३८ जनाको आवेदन रद्द भएको छ । बाँकी १७ लाख ८९ हजार १ सय ५७ जना याेग्य आवेदकलाई बाँडफाँडमा सहभागी गराइएकाे थियाे ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

कसरी हेर्ने रिजल्ट ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडकाे वेभसाइट, बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडकाे वेभसाइट र  मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको