एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया बैंक म्युचअल फण्ड अन्तर्गत सञ्चालित “एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड" नामक खुलामुखी योजनाका इकाईहरुको कारोबार हुने दिन परिवर्तन भएकाे छ ।
प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म हुँदै आएकोमा नेपाल सरकारले असार १ गतेदेखि प्रत्येक साता आइतबारदेखि शुक्रबारसम्म कारोबार हुने निर्णय गरेको हुँदा सोही अनुरुप एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका इकाईहरुको असार १ गतेदेखि लाग हुने गरी आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म र शुक्रबार बिहान ११ बजेदेखि दिउँसाे १ बजेसम्म खुल्ला हुनेछ ।
त्यसैगरी, शनिबार तथा सार्वजनिक बिदाको दिन सम्पुर्ण शाखा कार्यालयहरुमा काउन्टर बन्द रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस