Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपालको सेयर बजार विश्वमै अन्डरभ्यालुड, अहिले सेयर किन्नेले १० गुणासम्म कमाउन सक्छन्’

अर्थ संसार

आइतबार, ०५ असार २०७९, ११ : ०० मा प्रकाशित

अहिले नेपालको पूँजी बजार विश्वमै अण्डरभ्यालुड रहेको बताउँछन् लगानीकर्ता रामनाथ यादव । अर्थ संसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा यादवले विश्वका स्टक मार्केटको तुलनामा नेपालको स्टक मार्केट अन्डरभ्यालुड रहेको बताएका हुन् । 

अहिले विभिन्न बाहिरी कारणहरुले बजारमा कृतिम गिरावट आएको भन्दै उनले अहिले कम्पनी हेरेर लगानी गर्नेहरुले निकट भविष्यमा १० गुणासम्म नाफा कमाउन सक्ने दावी गरे । ‘यो बिक्री गर्ने समय होईन, सकेसम्म किन्ने समय हो मैले जति बुझेको जानेको छु यो बेच्ने समय हुँदै होइन, अहिले जसले सेयर किन्छ उसले १० गुणासम्म कमाउन सक्छ तर कम्पनी हेरेर किन्न सक्नुपर्छ तर केही समय धैर्य गर्न भने सक्नुपर्छ’ उनले भने ।

अहिलेको बजार गिरावटका विभिन्न कारणहरु भएपनि मुल कारण भनेको राष्ट्र बैंकको मौद्रिक नीति नै रहेको उनको तर्क छ । अहिले चलिरहेको लगानीकर्ताहरुको आन्दोलन बजार बढाउनका लागि गरिएको नभई बजारको विकास, विस्तार र स्थायित्वका लागि गरिएको उनले बताए । 

उनीसँग गरिएको भिडियो कुराकानीः 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको