एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नाे नाममा रहेकाे १२ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे ।
कम्पनीकाे सञ्चालक समितिबाट बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ बमोजिम नियम अनुसार बिक्री प्रक्रिया अघि बढाउने निर्णय भएकोले उक्त संस्थापक सेयरहरु खरीद गरी लिन इच्छुक हाल कायम यस कम्पनीका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकोले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाण्डौंमा के कति सेयर खरीद गरी लिनुहुने हो सोको व्यहोरा खुलाई निवेदन दिन आग्रह गरेको हो ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जनाएकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस