Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको समर्थनमा अनसन स्थल पुगे कांग्रेस प्रवक्ता महत

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १२ : ४३ मा प्रकाशित

लगानीकर्ताको समर्थनमा अनसन स्थल पुगे कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवमं प्रवक्ता डा. प्रकाश शरण महत पनि  आन्दोलनमा समर्थन जनाउँदै अनसन स्थल पुगेका छन् । 

सेबाेनस्थित लगानीकर्ताकाे अनसन स्थलमा पुगी उनले अनसनरत पूँजी बजार सुधार संघर्ष समितिका तिलक काेइरालालाई भेटेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाकाे निकट मानिन्छन् ।

यसअघि डा. बाबुराम भट्टराईकी पुत्री मानुसी यमी भट्टराई, कांग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडा पनि अनसन स्थल पुगेका थिए । 

पूँजी बजार सम्बन्धी सरकारले गर्छु भनेको काम समयमा नगर्दा समग्र पूँजी बजार गम्भिर संकटमा परेको भन्दै जेठ २० गतेदेखि लगानीकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम एवमं आन्दोलन गरिरहेका छन् । 

विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन समेत सुरू गरेका छन् । अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको