दिपेन्द्र अग्रवालसहितकाे टाेलीले स्वतन्त्र पूँजीबजार सुधार संघको तर्फबाट आज असार ५ गते बिहान पूर्व उपप्रधान तथा अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् । नेपालको पूँजीबजारमा विद्यमान समस्याहरुको निवारण गर्न आवश्यक पहलको निम्ति पौडेलको निवासमा भेटवार्ता सम्पन्न भएको हाे ।
भेटवार्ताकाे क्रममा संघको तर्फबाट अध्यक्ष शुशिल लुनिया, संरक्षक उपेन्द्र पाठक, वरिष्ठ लगानीकर्ता दिपेन्द्र अग्रवाल, संघका उपसचिव शिरिष आचार्य तथा युवा लगानीकर्ता सरोज लामिछानेले पूर्वअर्थमन्त्रीलाई लगानीकर्ताहरुको आमरण अनसनसहितका आन्दोलनका मागहरु लगायतका सम्पुर्ण वस्तुस्थितिका बारेमा जानकारी गराएका छन् ।
उक्त अवसरमा पौडेलकै कार्यकालमा सेयर बजारमैत्री नीतिहरु ल्याइएको र बजारले हालसम्मकै उच्च विन्दु पुगेको कुरालाई मध्यनजर गर्दै सेयर बजार समग्र राष्ट्रकै अर्थ व्यवस्थाको ऐनाको रुपमा रहेको कुरालाई जोड दिँदै हालका समस्याहरुको निवारणका निम्ति नेपाल सरकारले अभिलम्व आम लगानीकर्ताको हितमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।
साथै, हालको पूँजी बजारको आन्दोलनलाई आफुले नजिकबाट नियाली रहेको र आफ्नो तर्फबाट सम्बन्धित निकायमा आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस