Like us!
Follow us!
Connect us!
Watch us!

सिईओको राजीनामा माग्दै काठमाण्डौं उपत्यका खानेपानीका कर्मचारी आन्दोलीत

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १६ : ५९ मा प्रकाशित

सिईओको राजीनामा माग्दै काठमाण्डौं उपत्यका खानेपानीका कर्मचारी आन्दोलीत

प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य आफ्नो भुमिकामा असक्षम सावित भएको र संस्थालाई डुबाउन लागेको आरोप लगाउँदै काठमाण्डौं उपत्यका खानेपानी लिमीटेडका कर्मचारीहरु आन्दोलीत भएका छन् । काठमाण्डौं उपत्यका खानेपानी लिमीटेडमा सक्रिय ५ कर्मचारी संगठनको संयुक्त आह्वानमा भईरहेको आन्दोलनको मुख्य माग प्रमुख कार्यकारी अधिकृत शाक्यको राजीनामा रहेको छ ।

आन्दोलनरत कर्मचारीहरुले प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यमाथी मिती २०७७ साल माघ २६ गते संस्थागत सुधार र नितीगत सुधारका सम्बन्धमा कुनै चासो नदेखाएको, समयमा लेखापरिक्षण नगराएकोले २०७४/०७५ देखि वार्षिक सभा हुन नसकेको, कम्पनी सञ्चालनको Business Plan दिन नस्केको, Lease and License Agreement समयसापेक्ष पुनरावलोकन गर्नेतर्फ कुनै कदम नचालेको, सञ्चालक समितिबाट भए गरेका निर्णयहरु कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

त्यस्तै सरोकारवाला निकायसंग समन्वय नगरेको, दातृ निकाय, मन्त्रालय, स्टेकहोल्डर, नियमन निकाय र समन्वय समितीमा दरीलो प्रस्तुती नगरेको, सांगठनिक सुशासन कायम गर्ने तर्फ ध्यान नदिएको र पदपुर्तीको अध्यक्षको हैसीयतले समयमा पदपुर्तीका कामहरु नगरेको आरोप पनि आन्दोलनरत पक्षको छ ।

आफ्नो कार्यकक्ष बाहिरनै कर्मचारीहरु धर्नामा बसेपछी प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले भने कार्यालय आउन बन्द गरेका छन् । आन्दोलन कर्मचारी चाँही सिईओको राजीनामा नआएसम्म धर्ना एंव विरोध जारी रहने बताँउछन् ।

62af0671408e1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको