Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच छुटसम्बन्धी सम्झौता

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १५ : ३० मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच छुटसम्बन्धी सम्झौता

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र स्टिम सेन्टर (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र STEM Center का अध्यक्ष डा. बजरङ्ग कमार रौनियारले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात् आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई STEM Center बत्तीसपुतली, काठमाण्डौंमा प्राप्त हुने सेवाहरु जस्तैः Pathology Test, Radiology Test, Pharmacy, Dental तथा Ophthalmological products मा १५% सम्म छुट प्राप्त हुनेछ ।

सोही अवसरमा STEM Center बाट प्राप्त हुने Pathology को १८९ भन्दा बढी त्यसै गरी Radiology को ८१ भन्दा बढी Dental को ३७ भन्दा बढी Test लगायत अन्य सेवाहरु समेतमा १५% सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले STEM Center सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको