सञ्चारकर्म र आफू कार्यरत ग्यालेक्सी फोरके टेलिभिजन छाडेर प्रतिनिधि सभाको निर्वाचनमा उठ्ने तयारी गरेका रवि लामिछानेले आज नयाँ पार्टी घोषणा गर्ने भएकाछन् ।
आज आफ्नो राजनितीक यात्राको औपचारीक घोषणा र योजना सार्वजनिक गर्न भन्दै राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दैछन् । उक्त कार्यक्रममा नै रवीको समूहले पार्टी नै घोषणा गर्ने तयारी गरिरहेको छ । सबै कुराहरु उक्त कार्यक्रमबाट नै सार्वजनिक गर्ने उनिहरुको छ ।
स्वतन्त्र लड्ने वा कुनै पार्टीमा प्रवेश गर्नुभन्दा आफ्नै पार्टी खोल्ने निष्कर्शमा उनि पुगेको स्रोतको दावी छ । केहि दिनदेखि उनि पार्टी प्रबेशका बिषयमा कांग्रेस र राप्रपासंग छलफलमा रहेको बताइएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस